पूर्णबहादुरमार्फत् शेरबहादुरलाई गगनले पठाए पुस २७ को निम्तो

लोकपथ
875
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई पुस २७ गर्न लागेको विशेष महाधिवेशनमा सहभागी हुन निम्ता पठाएका छन् ।

बिहीबार साँझ पार्टी कार्यालय सानेपामा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै महामन्त्री थापाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत् विशेष महाधिवेशन सहभागि हुन् भनेका हुन् ।

त्यस्तै आफूहरुलाई विशेष महाधिवेशनका लागि देशभबारबाट प्रतिनिधिहरु आउने विश्वास रहेको बताए । त्यति मात्र नभएर आफूहरुलाई केन्द्रीय समितिले नै विशेष महाधिवेशनको स्वामित्व लिनेमा विस्वस्त रहेको बताए ।

‘हामीले देशभरिका साथीहरुलाई आह्वान गरेका छौँ, सबै साथीहरु आउनुहुन्छ भन्ने विश्वास छ, मैले कार्यवहाक सभापतिमार्फत भनेको छु, सभापतिज्यूमा यो कुरा पुर्‍याइदिनु होला,’ उनले भने, ‘यो अधिवेशन हाम्रो हो, यसलाई केन्द्रीय कार्यसमितिले स्वामित्व लिन्छ भन्ने हाम्रो विश्वास हो,’ उनले भने ।

आगामी पुस २७ र २८ गते महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?