काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सबैलाई एकतावद्ध गरेर लैजानेबारे छलफल जारी रहेको बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरिसकेको सन्दर्भमा केन्द्रीय कार्यसम्पादन समितिले भने नियमित महाधिवेशनको तालिका सार्वजनिक गरेको छ ।
पुस २७ गतेदेखि महामन्त्रीद्वयले बोलाएको विशेष महाधिवेशन र नियमित महाधिवेशनबारे सबैलाई मिलाएर लैजानेबारेमा छलफल चलिरहेको उपसभापति गुरुङले बताए । सबैको चाहना पार्टी बलियो होस् भन्ने नै रहेको बताए ।
उनले भने, ‘कहीँ न कहीँबाट सबैलाई मिलाएर लैजाने कुरामा हाम्रो छलफल भएको छ । सबै कुरा मिलाएर लैजाने कुरा भएको छ । सबैको चाहना पार्टी बलियो होस् भन्ने नै हो । पार्टीलाई झगडा हुने ठाउँमा नपुर्याऔँ । पार्टी एकतावद्ध भएर अघि बढ्नुपर्छ । अन्तिमसम्म पनि हामी पार्टीलाई एक बनाएर जाने कुरामा आश गरौँ ।’
उपसभापति गुरुङले पार्टीमा गरेको त्याग र बलिदानलाई सम्झिएर एक हुनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया