काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले पनि विशेष महाधिवेशनको स्वागत गरेको छ ।
जेनजी आन्दोलनपछि देशमा कांग्रेसको नेृतृत्वदायी भूमिका रहेको बताउँदै काठमाडौं कांग्रेसले राजनीतिक चुनौतीहरु चिर्न पार्टी आफैँ रुपान्तरित हुन जरुरी रहेको निष्कर्ष निकालेको छ । त्यसका लागि आगामी पुस २७ र २८ गतेका लागि तोकिएको विशेष महाधिवेशनलाई सफल बनाउनुपर्ने भन्दै सभापति कृष्ण बानियाँ (सबुज) ले उपस्थितिका लागि सबैलाई आह्वान गरेका हुन् ।
‘नेपाली कांग्रेसमा ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको विधिवत माग बमोजिम विधानको धारा १७(२) अनुसार मिति २०८२ पुस २७ मर २८ गते भृकुटीमण्डप, काठमाडौंमा नेपाली कांग्रेसको दोस्रो ऐतिहासिक विशेष महाधिवेशन आयोजना हुने भएकोले नेपाली कांग्रेसका सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरुलाई यस ऐतिहासिक विशेष महाधिवेशनमा भाग लिन आह्वान गर्दै देशको राजधानी काठमाडौंमा हार्दिक स्वागत गर्दछु, एवं विशेष महाधिवेशनको ऐतिहासिक निर्णयसहित भव्य सफलताको कामना गर्दछु,’ बानियाँद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
त्यसो त देशभरका धेरै जिल्ला कार्यसमितिले विशेष महाधिवेशनको पक्षमा ऐक्यवद्धता जनाएका छन् । काभ्रे, सिन्धुपाल्चोक, रसुवा, कास्की, लमजुङ, अर्घाखाँची लगायतका जिल्लाहरुले विशेष महाधिवेशन सफल बनाउन काठमाडौं आउन आह्वान गरेका हुन् ।
पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया