सानेपामा कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी, गएनन् विश्वप्रकाश

लोकपथ
966
Shares

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बसेको छ ।

पार्टीभित्र विवाद उत्कर्षमा पुगेका बेला कांग्रेसले आकस्मिक रुपमा कार्यसम्पादन समितिको बैठक बोलाएको थियो ।

अपरान्ह ४ बजेका लागि बैठक बोलाइए पनि बैठक केहीबेरअघि मात्रै सुरु भएको हो ।

आजको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माद्वारा आह्वान भएको विशेष महाधिवेशनको विषयमा कुरा हुने बताइएको छ ।

बैठकमा सहभागि हुन महामन्त्री थापा पुगे पनि अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने अनुपस्थित भएका छन् । त्यसो त यसअघि बैठकहरुमा समेत महामन्त्री शर्मा अनुपस्थित हुने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?