काठमाडौं । कुलमान घिसिङले उर्जासहित ३ मन्त्रालयको जिम्मेवारीबाट राजीनामा दिएसँगै तीन मन्त्रालयको कार्यविभाजन गरिएको छ ।
बुधबार घिसिङले मन्त्रीबाट राजीनामा दिएका थिए । बिहीबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा घिसिङले सम्हाल्दै आएको उर्जा, शहरीविकास र भौतिक पूर्वाधार तथा यायातात मन्त्रीको जिम्मेवारी अन्य मन्त्रीहरुलाई दिइएको हो । म
रिक्त मन्त्रालयमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको कार्यभार समेत उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला एवम् संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार समेत वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईले र सहरी विकास मन्त्रालयको कार्यभार समेत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामले सम्हाल्ने गरी तोकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया