काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि आफूखुसी उम्मेदवारी घोषणा नगर्न निर्देशन दिएको छ ।
फागुन २१ को निर्वाचनका लागि केही व्यक्तिहरुले उम्मेदवारका रुपमा सामाजिक सञ्जालमा प्रचार गरेको भन्दै त्यसो नगर्न सूचित गरेको हो । सामाजिक सञ्जालमा आफूखुसी प्रचार गरिनाले अन्य आकांक्षीहरुको मनोबल गिर्ने भन्दै त्यस्ता प्रचार नगर्न र सामाजिक सञ्जालमा गरिएका प्रचार हटाउन समेत निर्देशन दिइएको हो ।
‘प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्ष तर्फका आकांक्षी उम्मेदवारहरुमध्ये केहीले उम्मेदवारका रुपमा औपचारिक आवेदन दिई वा नदिई सामाजिक सञ्जालमार्फत् आफ्ना उम्मेदवारी प्रचारप्रसार गरेको देखिन आएको छ । यस प्रकारको गतिविधिले नयाँ तथा बाँकी आकांक्षी सदस्यहरुलाई निरुत्साहित गर्ने अवस्था सिर्जना भएको हुँदा यस्ता सबै प्रचारप्रसार कार्य तत्काल रोक्न तथा यसअघि सामाजिक सञ्जालमा राखिएका यस्ता सामग्रीहरु हटाउन निर्देशन गरिन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै उम्मेदवारका लागि आवेदन दिने सदस्यले आफ्नो आकांक्षा जनाउन सादा फोटोसहित वा फोटो बिना सामाजिक सञ्जालमा एकपटक मात्र पोस्ट गर्न सक्ने व्यवस्था गरिएको समेत जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया