रसुवा जिल्ला कार्यसमितिले पनि गर्‍यो विशेष महाधिवेशनको स्वागत, उपस्थित हुन आह्वान

लोकपथ
287
Shares

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति रसुवा पनि विशेष महाधिवेशनको पक्षमा खुलेको छ ।

जिल्ला सभापति पेम्बा छिरिङ तामाङले विज्ञप्ति जारी गर्दै पार्टी जीवनका लागि विशेष महाधिवेशनको महत्व रहेको भन्दै उपस्थितिका लागि आग्रह गरेका हुन् । आगामी विशेष महाधिवेशनले पार्टीलाई थप एकताबद्ध बनाउँदै थप नवीन उर्जा भर्ने काम गर्ने भन्दै महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यदेखि सम्पूर्णलाई उपस्थित हुन भनेका हुन् ।

‘जनताको आवाज र वर्तमानको आवश्यक्तालाई मध्यनजर गर्दै अझ बढी एकताबद्ध तर नवीन उर्जासहितको नेपाली कांग्रेस निर्माण नै यो कार्यक्रमको लक्ष्य रहेको हुँदा महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि एवं नेपाली कांग्रेशप्रति आस्था राख्ने सबै कांग्रेसजनहरुलाई विशेष महाधिवेशनमा अनिवार्य रुपमा उपस्थित भई यस विशेष महाधिवेशन सफल, ऐतिहासिक र सार्थक बनाउन सक्रिय भूमिका निर्वाह गर्न हार्दिक अपील गर्दछु,’ जारी विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७ र २८ गतेका लगि विशेष महाधिवेशन आह्वान गरेका छन् । उक्त महाधिवेशनका लागि कास्की, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ लगायतका जिल्लाबाट जिल्ला कार्यसमितिले समर्थन जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?