काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा सार्वजनिक यातायातमा चोरी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सार्वजनिक यातायातमा यात्रुहरुबाट नगद तथा गरगहना चोरी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा काठमाडौंको दक्षिणकालीका ३७ वर्षीय सरोज खड्का, काभ्रेका ४२ वर्षीय विकास लामा, तनहुँका ३३ वर्षीय राजु गुरुङ र ललितपुरका ३३ वर्षीय सुवास मगर रहेका छन् ।
बुधबार बिहान ११ बजेको समयमा सिनामंगलको गोल्डेनगेट अगाडीबाट मित्रपार्क जाने क्रममा युवकको साथबाट २ लाख भन्दा बढी चोरी भयो । त्यस्तै मंगलबार (आज) सिनामंगलबाटै बस चढेकी एक महिलाको साथबाट सुनको सिक्री हराएको भन्ने सूचना पाएर प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार एक युवकको साथबाट २ लाख ७५ हजार चोरी भएको थियो । पक्राउ परेकाहरुमाथि ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया