काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आगामी निर्वाचनमा एउटा कानुन बनाउन पाँच वर्ष लगाउनेहरुलाई भोट नदिन आग्रह गएका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् ।
उनले जनताप्रति उत्तरदायी र जिम्मेवारीबोध भएका जनप्रतिनिधि चुन्न आग्रह गरे । जेनजी आन्दोलनले योग्य जनप्रतिनिधि छान्ने मौका दिएको उनको भनाई छ ।
उनले हाल एउटा कानुन बनाउन ५ वर्ष र प्रत्यायोजि विधायन बनाउन अर्को ५ वर्ष लगाउने जनप्रतिनिधि हुँदा समस्या भएको बताए । उनले फागुन २१ गते निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको पनि उल्लेख गर्दै फेरि पनि पाँच जना व्यक्तिको ईसारामा कानुन बनाउनेलाई भोट दिएमा अर्को १० वर्षमा पनि देश यही स्थितिमा रहने बताए ।
उनले भने, ‘यो एउटा कानुन बनाउन ३ वर्षको ठाउँमा ५ वर्ष लगाउने हाम्रा प्रकृतिका हाम्रा जनप्रतिनिधि, त्यसको प्रत्यायोजित विधायन बनाउनको निम्ति अर्को ५ वर्ष लगाउने जनप्रतिनिधिहरु, यस्ता प्रतिनिधिहरुलाई तपाई फेरि भोट खसाल्न जानुहुन्छ भने तपाईहरुको हात काम्नुपर्छ । चुनावमा अब कमसेकम यो अवरनेश भएको र तपाईहरुलाई डेलिभर गर्नसक्ने र जनतासंग पुग्नसक्ने जनप्रतिनिधिहरुलाई तपाईहरुले अब चुन्नुस्, यो मौका अब तपाईहरुलाई आएको छ । जेनजी आन्दोलनले यो मौका दिएको छ । मैले तपाईहरुलाई भने समयमा चुनाव गर्नुपर्छ, सरकार निर्वाचन गर्न प्रतिवद्ध छ । अबको समय भनेको ५ जनाले ताली बजाउ भनेर भन्नासाथै ताली बजाएर कानुन पारित गर्ने व्यक्तिलाई चुनेर पठाउनुभयो भने १० वर्ष पछि हामीले कुरा गर्दाखेरी यही ठाउँमा फर्केर आइराखेका हुन्छौँ ।’
उनले आवश्यकताका आधारमा कानुन निर्माणमा प्राथमिकता दिनुपर्ने पनि बताए ।
उनले कानुन बनाउँदा बाझिने खालको कानुन बनाउन नहुनेमा पनि जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया