काठमाडौं । नेकपा माओवादी केन्द्रबाट मधेश प्रदेश सांसद जितेका रहबर अन्सारीले पार्टी छाडेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दहाल ‘प्रचण्ड’लाई पूर्व अध्यक्ष सम्बोधन गर्दै बिहीबार राजीनामा पत्र बुझाएका हुन् । रातो अक्षरमा लेखिएका इन्कलाब पंक्तिहरु पार्टी अध्यक्ष प्रचण्डलाई सम्झाउँदै रहबरले माओवादी छाडेको घोषणा गरेका हुन् ।
राजीनामा पत्रमा भनिएको छ, ‘साहस, इमान र जोखिम तीनै कुरा पार्टीले त्यागिसकेको छ । म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ । यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै बिदा लिन्छु ।’
प्रचण्डले माधव नेपाल लगायतसँग मिलेर पार्टीको नाम बदलेको केही महिनापछि रहबरले यस्तो निर्णय लिएका हुन् ।
रहबरले पत्रको बोधार्थ जनयुद्धका शहीद परिवार, परिवर्तन चाहेर अन्ततः सत्ता र सुविधा चाहेकाहरु, अवसरवादीहरु अनि वास्तविक शहीदहरुलाई दिएका छन् ।
प्रचण्डले केही दिनअघि नेकपा एकता सन्देशसभामा गाएको ‘इन्कलाब’ गीतका हरफ सम्झाउँदै रहबरले राजीनामा पत्र पठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया