१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

लोकपथ
217
Shares

काठमाडौं । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्युठानको स्वर्गद्वारी नगरपालिका–९ जुकेना बस्ने २१ वर्षीय दुर्ग बहादुर घर्ती मगरलाई बुधबार दिउँसो पक्राउ गरेको हाे । 

मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट लामाचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?