कांग्रेसको संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले बोलाए भेला

लोकपथ
1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले भेला बोलाएका छन् ।

शुक्रबारका लागि संस्थापन पक्षीय केन्द्रीय सदस्यहरुको भेला बोलाइएको हो ।

पार्टीभित्र विवाद चर्किएका बेला थपबारे थप छलफल गर्न भेला बोलाइएको केन्द्रीय सदस्य जितजंग बस्नेतले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार भोलि दिउँसो १ बजे आनन्दभूमी पार्टी प्यालेसमा भेला बोलाइएको र केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन पत्र पठाइएको छ ।

‘नेपाली कांग्रेसभित्र उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सल्लाहका लागि पुस २५ गते शुक्रबार दिउँसो १ बजे आनन्दभूमि पार्टी प्यालेसमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ ।

भेलाको संयोजन गर्ने जिम्मा किरण पौडेललाई दिइएको छ । महामन्त्रीद्वय गगनकुमा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी तीव्र पारेपछि संस्थापन पक्ष थप सक्रिय भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?