म गृहमन्त्री भइसकेपछि देशमा थप हत्या, हिंसा र आगजनी हुन दिइनँ : गृहमन्त्री अर्याल

लोकपथ
70
Shares
फाइल तस्बिर

काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले अन्तरिम सरकारले केही पनि नगरेको भन्ने भाष्यप्रति आपत्ति जनाएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तनलाई स्वीकार गरे मात्रै द्वन्द्व नदोहोरिने बताएका हुन् ।

गृहमन्त्री अर्यालले द्वन्द्व दोहोरिन नदिने सुनिश्चितता अन्तरिम सरकारले गरेको जिकिर गरे । आफू गृहमन्त्री बनेपछि देशमा हिंसा नभएको, आगजनी रोकिएको र राजनीतिक प्रकृतिका हत्या नघटेको दाबी गर्दै उनले सरकार निष्क्रिय रहेको भन्ने कथन गलत रहेको बताए ।

‘कतिपय कुरा परिवर्तनलाई स्वीकार गर्नुपर्छ । परिवर्तन स्वीकार गरे मात्रै द्वन्द्व दोहोरिँदैन । यो सुनिश्चितता यही सरकारले गरेको छ,’ उनले भने, ‘हिंसा भएन, आगजनी रोकियो, मान्छे मर्न छोड्यो । यसलाई ‘केही पनि भएन’ भन्नु गलत भाष्य हो।’

उनले विधिको शासन मिचेर गरिएका काम सुशासन नहुने स्पष्ट पार्दै कानुनबमोजिम कारबाही हुनुपर्नेमा जोड दिए । ‘विधिको शासन मिचिनु हुँदैन । कानुनअनुसार कारबाही हुनुपर्छ भन्ने कुरा कमजोरी होइन, यही सुशासन हो, ‘उनले भने ।

गृहमन्त्री अर्यालले जेनजी पुस्ताका एजेन्डा अन्तरिम सरकारको रोडम्याप भएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?