नेपाल निर्यात परिषद्को अध्यक्षमा थपलिया

लोकपथ
84
Shares

काठमाडौं । नेपाल निर्यात परिषद्को अध्यक्षमा डा.रामशरण थपलिया निर्वाचित भएका छन् । 

परिषद्को बुधबार सम्पन्न २८औँ वार्षिक साधारणसभाले निर्विरोध रूपमा थपलियाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । 

परिषद्को प्रथम उपाध्यक्षमा हरिप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा हरि ढकाल, महासचिव वसन्तराज अधिकारी, कोषाध्यक्षमा राजु बाँनिया, सचिवमा अमृतमान श्रेष्ठ  र सहकोषाध्यक्षमा हरिशरण भेटवाल निर्वाचित  भएका छन् ।

परिषद्ले नेपालमा उत्पादित हस्तकलाका सामान, फेल्ट, धातुका सामग्री, गार्मेन्ट, नेपाली ढाकाका कपडा, उलनका हाते उत्पादनलगायतका सामाग्री विदेशमा निर्यात गर्दै आएको छ । 

ती सामाग्री आर्थिक वर्ष २०८१/८२ मा  दुई खर्ब ७७ अर्ब तीन करोड र चालु आवको चार महिनामा ९३ अर्ब ५० करोडको सामान विभिन्न मुलुक निर्यात भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?