विशेष महाधिवेशन विवाद चुलिँदा कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

लोकपथ
406
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक  अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि विकसित राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

यसअघि कांग्रेसले बुधबार विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशन आह्वान गर्ने अधिकार कुनै व्यक्तिलाई नरहेको स्पष्ट पारेको थियो । तर त्यसअघि विशेष पक्षधर समूहले पत्रकार सम्मेलनमार्फत विशेष महाधिवेशन आह्वान गरेको घोषणा गरेको थियो ।

महामन्त्रीद्वय थापा र शर्माले समेत अलग–अलग वक्तव्य जारी गर्दै विशेष महाधिवेशन आवश्यक रहेको बताएका छन् । यस विषयमा पार्टीभित्र मतभेद चर्किँदै गएको सन्दर्भमा बस्न लागेको केन्द्रीय कार्यसम्पादन समिति बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?