विशेष महाधिवेशनमा उपस्थित हुन कांग्रेस कास्कीका सभापति बरालको आह्वान

लोकपथ
315
Shares

काठमाडौं । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीमा आह्वान भएको विशेष महाधिवेशन सफल पार्न आग्रह गरेका छन् ।

कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७ र २८ गते विशेष महाधिवेशनको तयारी गरेका छन् ।

कास्की जिल्ला सभापति बरालले विज्ञप्ति नै जारी गरेर विशेष महाधिवेशनमा सहभागि हुन आग्रह गरेका हुन् ।

‘नेपाली कांग्रेस केवल एउटा राजनीतिक संगठन मात्र होइन, यो लोकतन्त्र, समावेशीता र राष्ट्रिय एकताको आधारशीला हो । यस्तो ऐतिहासिक घडीमा तपाईँहरुको सहभागिता केवल औपचारिक उपस्थिति नभई पार्टीको भविष्य र राष्ट्रको दिशानिर्देशसँग प्रत्यक्ष रुपमा जोडिएको कर्तव्य हो भन्नेमा म विश्वस्त छु,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस कास्कीको सभापतिको हैसियतले म तपाईँहरु सबैमा विशेष महाधिवेशनमा अनिवार्य रुपमा उपस्थित भई महाधिवेशनलाई सफल, ऐतिहासिक र सार्थक बनाउन सक्रिय भूमिका निर्वाह गर्न हार्दिक अपिल गर्दछु ।’

कांग्रेस अहिले ऐतिहासिक मोेडमा पुगेको भन्दै पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक एकता, आन्तरिक लोकतन्त्र र देशको समसामयिक राजनीतिक चुनौतीहरुबारे गम्भीर निर्णय लिनुपर्ने अवस्थामा आइपुगेको समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?