काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिका–३ साँखु जहरसिंहपौवास्थित सडकमा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार, बुधबार चार जनाको मृत्यु भए पनि आज थप एक जनाको मृत्यु भएसँगै मृतकको संख्या ५ पुगेको हो । उनका अनुसार सबै मृतकको सनाखत भइसकेको छ ।
मृतकहरूमा नेपालगञ्जको कोहलपुर–५ घर भई हाल काठमाडौं बूढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ पाथीभरा–५ घर भई बूढानीलकण्ठ–७ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बू, सिराहा घर भई पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता, पाँचथर घर भई गोठाटार बस्ने अनुमानित ६५ वर्षीय देवेन्द्र लिम्बू र काठमाडौं जोरपाटीका ६० वर्षीय अर्जुन लामिछाने रहेका छन् ।
दुर्घटना महानगर यातायातको बा४ख ८७८८ नम्बरको बसमा भएको थियो, जुन नेचर हाउस एण्ड हर्व इन्टरनेसनल कम्पनीबाट वनभोज मनाएर फर्कने क्रममा थियो ।
घाइतेमध्ये २३ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने पाँच जना उपचारपछि घर फर्किएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया