काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले घटेको हो ।
अघिल्लो दिन २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज २ हजार रुपैयाँले घटेर २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन ४ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ सय रुपैयाँले घटेर ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया