सशस्त्रमा डीआईजीको ६ पद रिक्त, को को छन् दाबेदार ?

लोकपथ
2.6k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलका तीन जना नायब महानिरीक्षक (डीआईजी)हरू बुधबार (पुस २३ गते) राति १२ बजेपछि अनिवार्य अवकाशमा गएसँगै सशस्त्रमा अहिले कानुन निर्देशनालयसहित ६ डीआईजीको पद रिक्त भएको छ ।

मन्त्रिपरिषद्को गत मंसिर २ गतेको बैठकले सशस्त्रको संगठन तथा व्यवस्थापन सर्वेक्षण सर्वेक्षण प्रतिवेदन–२०८२ पारित गर्दा कानुन निर्देशनालय, इन्टेलिजेन्स ब्युरो र विपद् व्यवस्थापन महाशाखालाई स्तरवृद्धि गरी निर्देशनालय बनाएको थियो । त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय राष्ट्रिय किताबखाना (प्रहरी) लैनचौर, काठमाडौंले मंसिर ५ गते कार्यालय, दरबन्दी संरचना र पदबारेको पत्र सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा पठाएको थियो । 

यी तीन वटा पदमा बढुवा नहुँदै बुधबार राति थप तीन जना कमल गिरी, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी (चार जोड एक वर्ष) पदावधिका कारण अनिवार्य अवकाशमा गएसँगै सशस्त्र प्रहरीमा डीआईजीको ६ पद रिक्त हुन गएको हो । 

मन्त्रिपरिषदबाट मंसिर २ मा पारित सशस्त्र प्रहरी बल नेपालको नयाँ संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) पश्चात् सशस्त्र प्रहरीमा तीन नायव महानिरीक्षक (डीआईजी) को दरबन्दी थप हुँदा कानुन निर्देशनालयका एसएसपी युवराज अर्याल विकल्परहित ढंगले बढुवा हुँदा अन्यमा भने कडा प्रतिस्पर्धा हुने त्यसैबेला अनुमान गरिएको थियो । त्यतिबेला अर्को एक डीआईजीको पद पनि रिक्त थियो । साधारण समूह साधारण उपसमूहतर्फ त्यसबेला तीन ओटा दरबन्दी रिक्त हुँदा बढुवा सिफारिस समितिले नेपाल प्रहरीमा प्राविधिक सईमा भर्ना भई सशस्त्रमा स्थानान्तरण भएका कृष्णराज पाठकलाई मात्रै मंसिर ११ गते बढुवा सिफारिस गरेको थियो । यसअघि उनलाई वरीयतामा पहिलो नम्बरमा रहेपनि पाँच पटक बढुवामा छुटाइएको थियो ।

त्यसबेला कानुन निर्देशनालयसहित साधारण समूह साधारण उपसमूहमा गरी डीआईजीमा चार जनालाई बढुवा गर्नुपर्नेमा पहिला नै रिक्त भएको एक पदमा पाठक बढुवा भएपछि अन्य दाबेदार जिल्लिए । 

स्रोतका अनुसार, त्यसबेला साधारण समूह साधारण उपसमूहका तीन ओटा पदमा क्रमशः सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकका दिगविजय सुवेदी, किरण बस्नेत र प्रहरीबाट स्थानान्तरण भई आएका पाठकलाई बढुवा गर्ने तयारी भइरहेको थियो । तर, दाबेदारहरू नै मिडियाबाजी र अनावश्यक चलखेलमा लागेको भन्दै बढुवा सिफारिस समितिले पहिलो वरीयताका पाठकलाई मात्रै बढुवा सिफारिस गरेको थियो । 

अब क–कसको सम्भावना ? 

सशस्त्र प्रहरीमा बढुवा प्रयोजनका लागि सूचना निकाल्नुपर्ने व्यवस्थाका कारण दाबेदारहरुबीच नै आरोप–प्रत्यारोप, छेडखानी, द्वन्द्व, मनमुटाब बढ्ने गरेको र त्यसले संगठनको कामकारबाहीमै गम्भीर असर परेकाले हुनसक्छ– सशस्त्र प्रहरी (चौथो संशोधन) नियमावली २०८२ मार्फत यसलाई हटाइ सकिएको छ । चौथो संशोधनमा भएको व्यवस्थाअनुसार अब बढुवा प्रयोजनका लागि सूचना निकाल्नु पर्दैन । संशोधित व्यवस्थालाई नै टेकेर सशस्त्र मुख्यालयले यसअघि नै साधारण समूह साधारण उपसमूहतर्फ एक डीआईजी, एक एसएसपी र सशस्त्र प्रहरी सेवा प्राविधिक समूहको स्वास्थ्यतर्फ एक एसएसपीमा सिधै बढुवा सिफारिस गरेको थियो ।

साधारण समूह साधारण उपसमूहतर्फ अहिले ५ जना डीआईजीको पद रिक्त हुँदा पहिलो दाबेदार प्राविधिक सेवाकै प्रवीण कँडेल छन् । त्यसपछि सशस्त्र प्रहरी निरीक्षक सिसं २ बेसिकका दिगविजय सुवेदी, भूपेन्द्र केसी, कमल तिउसिना, नीरकृष्ण अधिकारी, सुधिरजंग थापा, किरण बस्नेतलगायत छन् । सिसं २ टोलीबाट दीपेन्द्र कुँवर र विष्णु भट्ट यसअघि नै डीआईजी भइसकेका छन् ।

तर कँडेल कारबाहीमा परेकाले उनको सम्भावना न्यून छ । गत ११ र १२ असारमा भएको सशस्त्र प्रहरीको वरिष्ठ अधिकृत सम्मेलनमा सशस्त्रको नेतृत्वप्रति आधारहीन आक्षेप लगाएका कारण उनीप्रति आईजीपी राजु अर्याल असन्तुष्ट छन् । त्यसमा पनि उनी नेपाल प्रहरीमा प्राविधिक सईमा भर्ना भएर सशस्त्र प्रहरीमा स्थानान्तरण भएका हुन् । 

यो स्थितिमा दिगविजय सुवेदी, भूपेन्द्र केसी, कमल तिउसिना, नीरकृष्ण अधिकारी, सुधिरजंग थापा र किरण बस्नेतमध्येबाट पाँच जना बढुवा हुने सम्भावना छ । उता, डीएसपीसम्म ‘टप टेन’ मा रहेका तर एसपी हुँदा पछाडि पारिएका राजेश उप्रेती पनि खुट्टा उचालेर बसेका छन् । उनी विगतमा आफूलाई जबर्जस्ती पछाडि पारेको र अहिले ‘देखाइदिने’ भन्दै हिँडेको उनीनिकटको भनाइ छ ।

यो पनि यस्तो छ सशस्त्र प्रहरीको दर्जागत दरबन्दी, कुल संख्या ३७,१५३ [पत्रसहित]

सशस्त्रमा अब बढुवा प्रयोजनका लागि सूचना निकाल्नु नपर्ने, सिधै सिफारिस गरिने

सशस्त्रमा डीआईजी दरबन्दी थपपछिको लेखाजोखा : एउटामा विकल्प नै छैन, अन्य तीनमा हुनेछ कडा प्रतिस्पर्धा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?