ओखलढुंगाबाट ईश्वर पोखरेलसहित ५ जनाको उम्मेदवारी सिफारिस

लोकपथ
308
Shares

ओखलढुंगा । नेकपा एमालेले आगामी निर्वाचनका लागि ओखलढुंगाबाट पार्टी नेता ईश्वर पोखरेलसहित ५ जनाको उम्मेदवारी सिफारिस गरेको छ ।

बुधबार बसेको जिल्ला कमिटीको विस्तारित बैठकले पोखरेलको नाम एक नम्बरमा सिफारिस गरेको हो ।  

यसैगरी, ओखलढुंगाबाट जिल्ला इन्चार्ज यज्ञराज सुनुवार, कोशी प्रदेशका पूर्वमन्त्री अम्बिरबाबु गुरुङ, जिल्ला कमिटी अध्यक्ष जिबी खड्का र नेता नानीबाबु बुढाथोकीको नाम पनि उम्मेदवारका रूपमा सिफारिस गरिएको छ ।

यसअघि पोखरेलको नाम काठमाडौं-५ बाट एकल सिफारिस भएको छ भने धनुषा–१ बाट पनि सिफारिस भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?