शेरबहादुर देउवासँग भेटेर शेखरले के भने ?

लोकपथ
2.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस नेता शेखर कोइरालाबिच भेटवार्ता भएको छ । 

महाराजगञ्जस्थित देउवा निवासमा महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनलाई लिएर दुई शीर्षनेताबीच वार्ता भएको हो । 

बैठकमा पार्टीभित्र देखिएको विवाद समाधान गर्ने र पार्टीलाई एकताबद्ध राख्ने उपायबारे छलफल भएको जनाइएको छ ।

भेटमा नेता कोइरालाले सभापति देउवालाई पार्टीभित्र सहमति र एकता कायम राख्न पहल गर्न आग्रह गरेका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?