दार्चुलामा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

लोकपथ
49
Shares

धनगढी । दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ ।

बैतडीको डिलासैनी गाउँपालिका–३ सिमार बस्ने २४ वर्षकी झुपा राना बुधबार आफ्नो घरदेखि करिब १ किलोमिटर टाढा शैल्यशिखर नगरपालिका–१ चौडस्थित घर नजिक माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएकी थिइन् ।

उनी गम्भीर घाइते भएकी कारण उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल, दार्चुला लगिएको थियो । 

चिकित्सकले चेकजाँच गर्दा उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?