काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुस २७ मा हुने विशेष महाधिवेशनले पार्टी विभाजन नहुने बताएका छन् ।
सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘विशेष महाधिवेशन पुस २७ मा नै हुन्छ, पार्टी विभाजन हुँदैन । यदि पार्टी विभाजन हुने अवस्था आए महाधिवेशन हलबाट सबैभन्दा पहिले म बाहिरिन्छु ।’
महामन्त्री शर्माले महाधिवेशनले पार्टीभित्र एकता सुदृढ गर्ने, नयाँ आत्मविश्वास भर्ने र मुलुकको विश्वास जित्न योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
साथै उनले पार्टीको विधानमा उल्लेखित व्यवस्था कार्यान्वयन गर्नु पार्टी विभाजनको संकेत नभएको समेत स्पष्ट पारेका छन् ।
उनले सबै प्रतिनिधिलाई महाधिवेशनमा उपस्थित हुन आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया