काठमाडौंको शंखरापुरमा बस दुर्घटना, चार जनाको मृत्यु

लोकपथ
3.3k
Shares

काठमाडौं । काठमाडौंको शखरापुर नगरपालिका–३ स्थित फेरी जंगलमा आज साँझ भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले चार जनाको मृत्यु पुष्टि भएको र अन्य २२ जना घाइते भएको जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन ।

यहाँ वनभोज खाएर फर्किएको बा४ख ८७८८ नम्बरको बस दुर्घटनामा हुँदा उनीहरूको मृत्यु भएको उनले बताए । 

साँझ ६ बजेतिर उक्त बस दुर्घटना भएको थियो । दुर्घटनामा २२ जना घाइते भएका छन् । उनीहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको नेपाल मेडिकल कलेज, शंखरापुर अस्पताल, मूलपानी नगर अस्पतालमा र सुष्मा कोइराला अस्पताल उपचार भइरहेको छ । 

उक्त बसमा ४० जनाजति सवार रहेका जनाइएको छ । ‘नेचर हर्ब’ संस्थाका कर्मचारी वनभोज खाएर आएको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?