काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति बन्ने चाहना नरहेको स्पष्ट पारेका छन् ।
बुधबार बुद्धिजीविहरूसँगको छलफलमा महामन्त्री थापाले केही नेताहरूले आफूलाई सभापति बन्ने इच्छा राखेको आरोप लगाएको बताएका थिए ।
महामन्त्री थापाले भने, ‘हामी सभापति बन्न चाहँदैनौँ । को बन्न चाहन्छ, बन्नुस् । डा.शेखर कोइरालालगायत अन्य नेताहरू सभापति बन्न सक्छन् । हाम्रो प्राथमिकता पार्टीलाई ठिक ठाउँमा उभ्याउनु हो ।’
थापाले कारोबारी राजनीतिलाई अन्त्य गर्नु आवश्यक भएको र पार्टीलाई सिद्धान्त र उद्देश्यतर्फ फर्काउनु पर्ने बताए । उनले २३ र २४ गतेपछि मुख्य पार्टीहरूमा दुई प्रकारका धारणा देखा परेको उल्लेख गर्दै आफूहरूले पार्टीलाई नागरिकको अपेक्षाअनुसार अघि बढाउने प्रयास गरिरहेको बताए ।
महामन्त्री थापाले पार्टीलाई संस्थागत मजबूती दिने र परिवर्तनको मुद्दा नमार्ने गरी अघि बढ्न चाहेको पनि स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया