गण्डकी । राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा एकल उम्मेदवारी दिएको छ ।
बुधबार जनमोर्चाले अन्य समूहबाट कास्कीका शङ्कर बराल र महिलाबाट बागलुङकी लक्ष्मी बास्कोटाको उम्मेदवारी दर्ता गराएको हो ।
निर्वाचनका लागि महिला क्लष्टरबाट बास्कोटाले र अन्य क्लष्टरबाट बरालले उम्मेदवारी दर्ता गरेका हुन् ।
उम्मेदवारी दर्तापछि बरालले जनमोर्चाले अन्य दलसँग गठबन्धन नगरेको बताउँदै आफ्ना मत सुरक्षित गर्न उम्मेदवारी दर्ता गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया