दोहोरो अंकले घट्यो नेप्से

लोकपथ
42
Shares

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले गिरावट आएको छ । नेप्से परिसूचक १३.३५ अंकले घटेर २,६३५.९४ विन्दुमा ओर्लिएको हो  ।

बजारसँगै कारोबार रकम पनि घटेको छ । आज कुल ३२३ कम्पनीका १ करोड ६ लाख कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन अघिल्लो दिनको ७ अर्ब रुपैयाँभन्दा कम हो ।

आजको कारोबारमा ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ कम्पनीको मूल्यमा गिरावट आएको छ । १० कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

समूहगत रुपमा हेर्दा, ट्रेडिङ र फाइनान्स बाहेक सबै सूचक घटेका छन् । होटल र उत्पादमूलक क्षेत्रमा १ प्रतिशतभन्दा बढी गिरावट आएको छ भने अन्य समूहको घटबढ १ प्रतिशतभन्दा कम रहेको छ ।

आज सर्वाधिक नाफा कमाउने कम्पनी नारायणी विकास बैंक रहेको छ, जसको मूल्य ६.०८ प्रतिशतले बढेको छ । अर्कोतर्फ, एसवाई प्यानलको मूल्य ८.४५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा एसवाई प्यानल पहिलो स्थानमा रह्यो, जसको २६ करोड ९४ लाख ९७ हजार २८२ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, श्रीनगर एग्रोटेकको २३ करोड ५५ लाख ६५ हजार तथा मञ्जुश्री फाइनान्सको २० करोड ४७ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?