विशेष महाधिवेशन पक्षधरले गरे बुद्धिजीवीसँग छलफल

लोकपथ
427
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य प्रदीप पौडेललगायत विशेष महाधिवेशन पक्षधरहरूले आज बुद्धिजीवीहरूसँग छलफल गरेका छन् ।

छलफल काठमाडौंको नक्सालस्थित एक होटलमा भइरहेको छ । विशेष महाधिवेशन अभियानकर्ता नेता देवराज चालिसे पनि यस कार्यक्रममा सहभागी भएका छन् ।

पक्षधरहरूले पार्टीभित्रको वर्तमान अवस्था, विशेष महाधिवेशनको तयारी र आगामी रणनीतिका विषयमा छलफल गरिरहेको जनाइएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?