अध्यक्ष ठाकुरद्वारा राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता

लोकपथ
189
Shares

 काठमाडौं । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन कार्यालय मधेस प्रदेशमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् ।

ठाकुरका प्रस्ताव  लोसपाका मधेस प्रदेश सभा सदस्य जयनुल राईन रहेका छन् भने समर्थकमा प्रदेशसभा सदस्य एवं मधेस सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारी रहेकी छन् ।

जनता समाजवादी पार्टी नेपाल र लोसपाबिच पार्टी एकताको निर्णय भइसकेको छ । मधेस प्रदेशमा चार वटा सिटमा उम्मेदवारी दर्ता हुँदैछ, जसमा दलित, अल्पसंख्यकरअपाङ्ग, महिला र अन्य सिट समावेश छन् । प्रदेशसभातर्फ १०४ र स्थानीय तहतर्फ २६६ गरी कुल ३७० मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?