बैतडी । खैरो हेरोइनसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलदेव बडूका अनुसार आज पाटन बजार क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेकाहरूको साथबाट २५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।
अदालतबाट अनुमति लिएर अनुसन्धानका लागि अभियुक्तहरूलाई हिरासतमा राखिएको प्रवक्ता बडूले जानकारी दिए ।
हाल पक्राउ परेका व्यक्तिहरुको नाम भने गोप्य राखिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया