सुनसरी–१ बाट चुनाव लड्ने हर्क साम्पाङको घोषणा 

लोकपथ
105
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–१ बाट लड्ने घोषणा गरेका छन् । 

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत साम्पाङले उम्मेदवार बन्ने घोषणा गर्दै भनेका छन्, ‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु ! जय माटो ! जय देश !’

श्रम संस्कृति पार्टी खोलेर राजनीतिक गतिविधिमा सक्रिय मेयर साम्पाङले उठ्ने भनेको क्षेत्र २०७९ सालको निर्वाचनमा सुनसरी–१ बाट विजयी जनता समाजवादी पार्टी (जसपा) नेपालका अशोक राईको हो । राईले जसपा नेपाललाई विभाजित गरेर जसपा बनाएका छन् । 

गत निर्वाचनमा राईले १७ हजार ५९ मत पाएर विजयी हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की गोमा तामाङ १६ हजार ६ सय ६ मत पाएर निकटतम प्रतिद्वन्द्वी बनेकी थिइन् । त्यसबेला तत्कालीन नेकपा (माओवादी केन्द्र)का मुक्सामहांग सुब्बाले १३ हजार ८७ मत पाएर तेस्रो भएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?