राष्ट्रिय सभा निर्वाचन : यी हुन् प्रचण्ड–माधवले उठाएका १७ उम्मेदवार 

लोकपथ
1.5k
Shares

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पनि राष्ट्रियसभा निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार चयन गरेको छ । कांग्रेस–एमालेसँग गठबन्धनको प्रयास असफल भएपछि नेकपाले १८ मध्ये १७ ओटा सिटमा उम्मेदवार चयन गरेको हो । सो पार्टीले गण्डकीमा एक उम्मेदवार खाली छाडेर १७ उम्मेदवार चयन गरेको हो । 

नेपाली कम्युनिस्ट पार्टीले कांग्रेस–एमालेसँग आफ्नो मतभार देखाउँदै चार सिट मागेको थियो । तर कांग्रेस–एमालेले तीन सिट मात्र दिने बताएपछि बिच्किएको नेकपाले १७ सिटमा उम्मेदवार खडा गरेको हो । 

जसअनुसार, नेकपाले कोशी प्रदेशबाट खेमराज सुन्दास, हेमराज घिमिरे र नमिता न्यौपाने, मधेसबाट रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समिकुमारी अग्रवाल, बागमतीबाट प्रेमप्रसाद सापकोटा र सरोजकुमारी झालाई उम्मेदवार बनाएको छ । 

यसैगरी नेकपाले गण्डकीबाट कपिल लामा, लुम्बिनीबाट दुर्गा भण्डारी, वृहस्पति अधिकारी र सर्जन विक, कर्णालीबाट बुद्धिप्रसाद शर्मा र अन्जु महतरा तथा सुदूरपश्चिम प्रदेशबाट टीकाराम जैशी र रोजी बस्नेत सुनारलाई उम्मेदवार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?