काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।
मंगलबार २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज ४ सय रुपैयाँले घटेर २ लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासघंका अनुसार आज तोलामा ५५ रुपैयाँले बढेर हो ।
अघिल्लो दिन प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ९ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया