काठमाडौं । नेकपा एमालेले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आफ्ना उम्मेदवारको नाम टुंग्याएको छ ।
एमालेले पाउने ७ सदस्यका लागि उम्मेदवारलाई विभिन्न प्रदेशमा मनोनयन गरेको हो ।
एमालेले कोशी प्रदेशबाट रोशनी मेचे, बागमती प्रदेशबाट डा. प्रेमकुमार दङ्गाल, गण्डकी प्रदेशबाट सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, कर्णाली प्रदेशबाट मीना रखाल, र सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाएको छ ।
मधेश प्रदेशको उम्मेदवारको नाम भने अझै टुंगो लाग्न बाँकी छ । आज उम्मेदवारको मनोनयन दर्ता हुने तालिका तय गरिएको छ ।
एमालेले नेपाली कांग्रेस, अन्य कम्युनिष्ट पार्टी र जसपा नेपालसँगको सहकार्यमा चुनावी तालमेलका लागि तयारी अघि बढाएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया