कस्तो रहला आज देशभरको मौसम ?

लोकपथ
336
Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । हाल उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बदली छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो पनि तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो रहने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ, बाँकी भू–भागमा मौसम सफा रहनेछ । राति पनि तराईका धेरै स्थानमा हुस्सु रहनेछ भने पहाडी–हिमाली क्षेत्र मुख्यतया सफा रहनेछ ।

महाशाखाले हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई र सडक यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?