काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)सँग तत्काल पार्टी एकता हुने सम्भावना नरहेको बताएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले हाल चन्दसँग एकताका विषयमा कुनै छलफल नभएको स्पष्ट पारे ।
उनले तत्कालीन नेकपा (एकीकृत समाजवादी)सँग एकता हुँदा चन्द सहभागी नभएको उल्लेख गर्दै भविष्यमा आउन चाहे स्वागत गरिने बताए ।
नेता पुनले भने, ‘विप्लवजीसँग केही कुरा भएको छैन । अस्ति आउनुपर्ने बेला छुट्नुभयो । अब आउनुहुन्छ भने स्वागत छ । तर तत्काल त्यस्तो सम्भावना हामीले देखेका छैनौँ।’
उनले नेकपा व्यवस्था परिवर्तन र संविधान निर्माणका लागि संघर्ष गरेको पार्टी भएको उल्लेख गर्दै नयाँ वा पुराना कुनै पनि शक्तिसँग नडराउने दाबी गरे । पार्टी आफ्नो राजनीतिक एजेन्डा र विचारमा दृढ रहेको उनको भनाइ थियो ।
नेता पुनको भनाइसँगै नेकपा र विप्लव नेतृत्वको माओवादीबिच तत्काल एकता हुने चर्चालाई उनले औपचारिक रूपमा खारेज गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया