काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभबिच भेटवार्ता भएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा हालै उत्पन्न राजनीतिक तथा सामाजिक परिस्थितिको समीक्षा गर्दै शान्ति, सद्भाव र सहिष्णुता कायम गर्न गरिएका प्रयासबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटवार्तामा देश निर्वाचनको महत्वपूर्ण चरणतर्फ अघि बढिरहेको सन्दर्भमा सम्भावित चुनौतीप्रति सजग रहँदै राज्यका सबै संयन्त्र प्रभावकारी रूपमा परिचालन गरी अनुकूल वातावरण निर्माण गर्नुपर्ने विषयमा समेत विचार–विमर्श भएको थियो ।
सो अवसरमा प्रधानमन्त्री कार्कीले प्रदेश प्रमुख लाभले समाजका विविध तह र तप्काबीच सन्तुलित र अभिभावकीय भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि यसका लागि सबै पक्षको साथ र सहयोग आवश्यक रहेको स्पष्ट पारेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया