काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नहुने स्पष्ट पारेका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कुनैपनि दलसँग गठबन्धन गर्नेबारे कुरा नभएको र नहुने बताएका हुन् ।
उनले आफू पार्टी कामले भारत भ्रमणमा गएको दाबी गर्दै सो क्रममा भारतीय जनता पार्टीका केही नेताहरुसँग अनौपचारिक छलफल भएको पनि बताए ।
त्यस्तै उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको एकताले आफूहरु नडराएको पनि जिकिर गरे । उनले आफू नेतृत्वको सरकारमा रास्वपा सभापतिलाई दुई पटक गृहमन्त्री बनाएको उल्लेख गर्दै उनीसँग कुरा गर्न कुनै आइतबार कुर्नु नपर्ने उनको टिप्पणी छ ।
उनले भने, ‘हाम्रो पार्टी एकता भइसकेपछि सबै परदेशहरुमा एकता सभा राखेको तपाईहरुलाई थाहा नै छ । दिल्लीमा पनि एउटा एकता सभा राखिएको थियो । म मुख्यतः त्यही कामका लागि भारत भ्रमणमा गएको हो । अब त्यहाँ गइसकेपछि विभिन्न खालका भेटघाट त भइ नै हाल्छन् । हाम्रो राजदूत आउनुभयो, कयौँ भारतीय जनता पार्टी (बिजेपी) का नेताहरु आउनुभयो । स्वागत गर्नुभयो, सम्मान गर्नुभयो । तर त्यस्तो औपचारिक कुराकानी केही पनि भएको छैन । गठबन्धनको केही पनि कुरा भएको छैन । घेटघाट त विभिन्न कामका लागि हुन्छ तर कुनै गठबन्धन भएको छैन, हुदैन पनि । हामी रवि–बालेनको गठबन्धबाट बिल्कुल डराएका छैनौँ । रविलाई मेरै क्याबिनेटमा दुई चोटि गृहमन्त्री बनाएको हो । उहाँसँग कुरा गर्न मैले कुनै आइतबार पर्खनुपर्दैन । हामी डराएका पनि छैनौँ ।’
उनले आफूहरु कसैसँग नडराएको दोहोर्याउँदै आउँदो निर्वाचनमा नेकपा एक्लै जनतामाफ जाने पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया