कांग्रेसमा विशेष महाधिवेशनको तयारी तीव्र, भृकुटीमण्डपमा सुरक्षा मिलाइदिन प्रशासनलाई पत्र

लोकपथ
707
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले तयारी तिव्र पारेको छ ।

आगामी पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्न लागेको उक्त समूहले सुरक्षा व्यवस्था मिलाइदिन माग गर्दै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको छ ।

विशेष महाधिवेशन पक्षधरको सचिवालयबाट जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पत्र पुगेको छ ।

‘नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन यही मिति २०८२–०९–२७ र २८ गते भृकुटीमण्डप, काठमाडौमा हुने भएको हुँदा उक्त स्थान असपास तथा काठमाडौं क्षेत्रभित्रमा शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाइ दिन हुन अनुरोध छ,’ जिल्ला प्रशासन कार्यालयमा विशेष महाधिवेशन पक्षधरले पठाएको पत्रमा भनिएको छ ।

नेपाली कांग्रेसमा महाधिवेशनको विषय पेचिलो बनिरहेको छ । संस्थापन समूहले वैशाखमा नियमित महाधिवेशन गर्ने तयारी गरिरहँदा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भने पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने तयारी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?