काठमाडौं । सडक विभागका वातावरण निरीक्षक मनोज अर्यालले काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्नुको मुख्य कारण यातायात क्षेत्रबाट निस्कने धुवाँधुलो मात्र नभएको बताएका छन् ।
मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ को कार्यान्वयनको अवस्था सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले चैत–वैशाखतिर प्रदुषण अत्यधिक बढ्दा र प्रदूषण न्युन हुँदा पनि यातायातका साधनको संख्या उस्तै रहने तथ्यले यातायात मात्रै मुख्य कारक नभएको देखाएको जिकिर गरे ।
उनले वायु प्रदूषणमा यातायातको भुमिका भए पनि उपत्यकामा बढ्दो प्रदुषणको सम्पूर्ण दोष यातायात क्षेत्रलाई मात्र दिनु उचित हुने जिकिर गरे । उनले यातायातको माध्यमबाट हुने प्रदूषण नियन्त्रण गर्न कर तथा भन्सार नीतिको पुनरावलोकन गरी विद्युतीय सवारी (ईभी) लाई प्रोत्साहन गरिएको समेत बताए ।
उनका अनुसार गत आर्थिक वर्षमा सवारी आयातमध्ये दुई तिहाइभन्दा बढी विद्युतीय सवारी रहेका छन् ।
उनले भने– ‘काठमाडौं उपत्यकाको वातावरण प्रदुषण चैत, वैशाखतिर एकदमै उच्च तहमा पुग्दाखेरी र प्रदुषण न्यून हुँदा पनि यातायातका साधनहरु बराबर नै हुँदा वायु प्रदुषण बढ्नुको मुख्य कारक यातायात नै हो भन्ने कुरा देखिएन । प्रदुषण बढ्नुमा यातायातको भुमिका छ तर सम्पूर्ण रुपमा यातायातकै कारण उपत्यकामा वायुप्रदुषण बढेको भने होइन । यसका लािग हामीले कर तथा भन्सारको पुनरावलोकन गरेर ईभीलाई सहजता प्रदान गरेका छौँ । गत वर्षको तथ्यांक हेर्दाखेरी दुई तिहाईभन्दा बढी ईभी सवारी आयात भएको छ । अहिले ईभी प्रवद्र्धन भएको छ । हामीले साना गाडी मात्र होइन मास ट्रान्सपोटेसनमा पनि ईभी चलाउनुपर्छ भनेर नेपाल सरकार र चीनसकारबीच छलफल गरेर एक सय वटा ईभी बस चीन सरकारले दिने भनेको छ । अहिले पनि हामीले मास ट्रान्सपार्टेसनमा ४० वटा विद्युतीय बसहरु सञ्चालनमा छन् । हामीले यातायातको कारण वायु प्रदुषण नहोस् भनेर यो कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।’
नेपाल सरकार र चीन सरकारबीच छलफल भई चीन सरकारले १ सय विद्युतीय बस उपलब्ध गराउने प्रतिवद्धता जनाएको र हाल काठमाडौं उपत्यकामा ४० वटा विद्युतीय बस सञ्चालनमा रहेको अर्यालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया