काठमाडौं । नेपाली कांग्रेसले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्य दलहरुसँग तालमेल गरेर जाने विषयमा आधिकारिक निर्णय गरेको छ ।
आज केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।
शीर्ष नेताहरुबिच राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्य दलहरुसँग तालमेल गरेर जाने छलफल गरिरहेको कांग्रेसले आज भने आधिकारिक निर्णय गरेको हो ।
‘संवत् २०८२ साल माघ ११ गते आइतबारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले अन्य राजनीतिक दलहरुसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गर्दछ,’ बैठकपछि जारी वक्तव्यमा भनिएको छ ।
आज केहीबेर मात्र बैठक बसी बुधबार बिहानसम्मका लागि बैठक स्थगित गरिएको छ । बिहान ९ बजे पुनः केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया