काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केहीबेरका लागि स्थगित भएको छ ।
राष्ट्रिय सभामा अन्य दलहरुसँगको तालमेल र उम्मेदवारको टुंगो लगाउने मूल एजेण्डासहित बसेको बैठक केहीबेरका लागि स्थगित गरिएको हो ।
आज रातिअबेरसम्म बसेर भएपनि सो निर्वाचनको उम्मेदवारहरुको टुंगो लगाउने गरी केहीबेरका लागि बैठक स्थगित गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
उनले भने, ‘हाम्रो बैठक केहीबेरका लागि स्थगित भएको छ । राति अबेरसम्म बसेर भएपनि राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार तय गरिनेछ ।’
नेपाली कांग्रेस एमालेलगायतका दलहरुसँग तालमेल गरेर सो निर्वाचनमा जाने रणनीति तय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया