काठमाडौंको गैरीगाउँमा भीषण आगलागी

लोकपथ
392
Shares
फाइल तस्बिर

काठमाडौं । काठमाडौंको गैरीगाउँमा भीषण आगलागी भएको छ ।

मंगलबार सिनामंगल क्षेत्रको गैरीगाउँस्थित कारखाना छेउमा रहेको टहरोमा भीषण आगलागी भएको हो ।

काठमाडौं महानगरका नगर प्रहरीका अनुसार आगलागी भएको मुस्लो देखिएपछि अहिले महानगरको दमकल पठाइएको छ ।

कारखानामा आगलागीको कारण अहिले जानकारी नभएको र दमकल पठाइसकिएको प्रहरीले जनाएको छ ।

विमानस्थल नजिकै रहे पनि विमानस्थलाई कुनै असर नगरेको बताइएको छ । विमानस्थल कार्यालयका अनुसार त्यहाँको धुँवाको मुस्लो गएका कारण केही जहाजहरु होल्ड भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?