राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न नेकपाको बैठक पेरिसडाँडामा

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को परामर्श समितिको बैठक बसेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिडाँडामा परामर्श समितिको बैठक बसेको हो ।

राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल गर्न संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले बैठक बोलाएका थिए ।

बैठकमा राष्ट्रियसभा निर्वाचन र समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने प्रचण्डको सचिवालयले जनाएको छ ।

बैठकमा नेपाली कम्युनिष्ट पार्टीसँगको एकतामा सहभागी सम्पूर्ण घटकका नेताहरूको सहभागिता रहेको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा मुख्य राजनीतिक दलका नेताहरुबिच छलफल भइरहेको छ ।

नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसले सिटको भागबण्डा गरेर राष्ट्रिय सभा निर्वाचनमा जाने तयारी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?