काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनमा चुनावी तालमेलका क्रममा ७ सिट दाबी गरेको छ ।
पार्टी सचिवालय बैठकपछि कांग्रेस र अन्य दलसँग भएको छलफलमा एमालेले प्रत्येक प्रदेशबाट एक–एक जना पर्ने गरी ७ सिट माग गरेको हो ।
उपमहासचिव लेखराज भट्टका अनुसार हालसम्म सिट बाँडफाँटबारे कुनै ठोस टुंगो लागिसकेको छैन ।
उनले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँग थप छलफल गर्ने र उम्मेदवारको टुंगो लगाउने जिम्मेवारी पनि सचिवालय बैठकले अध्यक्षलाई नै दिएको जानकारी दिए ।
राष्ट्रियसभा निर्वाचनका लागि प्रमुख दलहरूबिच तालमेलको प्रयास जारी रहे पनि सिट संख्या र उम्मेदवार चयनका विषयमा सहमति जुट्न बाँकी रहेको एमालेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया