कहाँ बस्ला प्रदेशसभा ?

काठमाडौँ, २३ कात्तिक- निर्वाचन मिति नजिकिँदै गर्दा प्रदेशसभा बैठक कहाँ बस्छ भन्ने चासो बढ्दै गएको छ । प्रदेशको अस्थायी राजधानी तोक्ने गृहकार्य भइनसकेको र सरकारले प्रदेश प्रमुखहरूको नियुक्ति समेत गरिनसकेकाले प्रदेशसभाको बैठकस्थलको समेत टुंगो लाग्न नसकेको हो कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्तिसम्बन्धी काम सरकारले छिट्टै गर्ने बताए, कान्तिपुर दैनिकमा खबर छ । ‘प्रदेशको राजधानी कहाँ रहन्छ भन्ने गृहकार्य भएको छ,’ उनले भने, ‘सरकारको विभिन्न च्यानलबाट सम्भावित स्थानमा रहेका पूर्वाधारबारे जानकारी लिने काम भइरहेको छ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?