कार्यकर्तालाई ओलीको निर्देशन : ‘निर्वाचनका लागि पुरै तयारी गर्नु, सबै तरिकाले तयार रहनुस्’

लोकपथ
98
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकै पटक प्रतिनिधिसभा सदस्य निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन् । 

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले यस्तो ब्रिफिङ गरेका हुन् ।

अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै एमालेका उपमहासचिव लेखराज भट्टले निर्वाचनमा कसरी जाने भन्ने विषयमा नेतृत्व तहमा छलफल भइरहेको जानकारी दिए । 

उनले बाह्य रूपमा निर्वाचनको माहोल बनेको देखिए पनि त्यसका लागि पार्टीका नेता तथा कार्यकर्तालाई तयारीमा जुट्न निर्देशन दिइएको बताए ।

उपमहासचिव भट्टका अनुसार अध्यक्ष ओलीले आगामी निर्वाचनलाई आन्दोलनकै रूपमा लिनुपर्ने धारणा राखेका छन् । सरकारका गतिविधि र देशमा भइरहेका साम्प्रदायिक घटनाका कारण निर्वाचन तोकिएकै समयमा हुन्छ वा हुँदैन भन्ने अन्योलता सिर्जना भएको ओलीको निष्कर्ष रहेको उनले बताए ।

भट्टले भने, ‘चुनावमा कसरी जाने भन्ने विषयमा नेतृत्वबिच छलफल हुनु स्वाभाविक हो । बाह्य रूपमा वातावरण बनेको जस्तो देखिए पनि हामीले त्यसको तयारी गर्नुपर्छ । अध्यक्षज्यूले निर्वाचनलाई आन्दोलनकै रूपमा लिनुपर्छ भन्नुभएको छ । तयारी हाम्रो हुन्छ तर सरकारका गतिविधि र देशमा भइरहेको साम्प्रदायिक घटनाले निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्योलता छ ।

उनका अनुसार अध्यक्ष ओलीले एकै पटक निर्वाचन नहुन सक्ने र खण्ड–खण्डमा पनि हुनसक्ने सम्भावनातर्फ संकेत गर्दै त्यसका लागि मनोवैज्ञानिक रूपमा तयार रहन निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?