रक्षा बमको तर्क– ‘कांग्रेसमा विशेष महाधिवेशन अपरिहार्य देखियो’

लोकपथ
133
Shares

काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन अपरिहार्य रहेको दाबी गरेकी छन् ।

जेनजी फ्रन्टको संयोजक समेत रहेकी बमले भदौ २३ को जेनजी आन्दोलनले नियमिततामा ब्रेक लगाएको भन्दै कांग्रेस परिवर्तनका लागि विशेष महाधिवेशन आवश्यक रहेको बताएकी हुन् ।

‘आजको असाधारण राजनीतिक संकटमा असाधारण निर्णय आवश्यक छ, र त्यसका लागि विशेष महाधिवेशन अपरिहार्य छ । तपाईंहरूको आजको यात्राले नै तपाईंहरूको गन्तव्य तय गर्नेछ। याद रहोस्, चुनाव दैलोमै आइपुगेको छ, र यतिखेर मतदाताहरू परिवर्तनको पक्षमा आफ्नो मत खसाल्न तयार छन्,’ कांग्रेसका नेतादेखि कार्यकर्तासम्मलाई सुझाव दिँदै उनले भनेकी छन् ।

जेनजी आन्दोलनपछि परिवर्तनका केही आशाहरु पलाउन थालेको तर राजनीतिक दलहरुको गतिविधिले मास डिप्रेसनमा पुर्‍याउन खोजिरहेको टिप्पणी गरिन् । साथै नेकपा एमालेले आफ्नै विधान लत्याउँदै पुनः मास डिप्रेसनको बाटो लागिरहेको समेत बताइन् ।

‘परिवर्तनका लागि आवाज उठाउँदा जनताका छोराछोरीहरू मारिएका छन् । देशको युवापुस्ता घाइते भएको छ । निराशाको लामो औँसीबाट हामीले थोरै आशाको जून खोजिरहँदा, तपाईंहरूको यथास्थितिवादले सिङ्गो देशलाई मास डिप्रेसनमा पुर्‍याउने खतरा हामी देखिरहेका छौँ । नेकपा एमालेले यो मास डिप्रेसन बाँड्दै हिँडिरहेकै छ । आफ्नै विधानलाई लत्याउदै, फेरि पुरानै नेतृत्वलाई निर्वाचित गरेर एमालेले आफ्नो बाटो रोजिसकेको छ । अब तपाईंहरू पनि त्यही बाटो लाग्दै देशको युवापुस्तालाई धोका दिनुहुन्छ, कि देशको भविष्य कोर्ने सुन्दर बगैँचा निर्माणमा आफ्नो तर्फबाट साथ दिनुहुन्छ।हामी त्यो हेर्न पर्खिरहेका छौँ,’ उनले भनेकी छन् ।

भदौ २३ को अवस्थासम्म मुलुक आइपुग्नुमा नेपाली कांग्रेस पनि एक हिस्सेदार भएको समेत बमको तर्क रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?