रास्वपा सचिवालय बैठक बस्दै, यी हुन् १० एजेण्डा

लोकपथ
210
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

मंगलबार (आज) दिउँसो २ बजेका लागि कांग्रेसले सचिवालय बैठक बोलाएको हो ।

बैठकमा विभिन्न १० एजेण्डामाथि छलफल र निर्णय हुने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार प्रत्यक्षतर्फको उम्मेदवारी दिने अन्तिम मिति तोक्ने, उम्मेदवार सिफारिस उपसमिति विस्तार गर्ने, केन्द्रीय समिति विस्तार लगायतका विषयमाथि छलफल र निर्णय हुनेछ ।

यसअघि आइतबार बसेको सचिवालय र त्यसपछि बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विस्तार गरेको थियो । खासगरी विभिन्न दल र समूहबाट रास्वपासँग मिल्न आएकाहरुलाई व्यवस्थापनका लागि रास्वपा जुटिरहेको छ ।

यस्ता छन् छलफलका लागि प्रस्तावित विषयहरु :

१. प्रत्यक्षतर्फको उम्मेदवारी दिने अन्तिम मिति ।
२. उम्मेदवार सिफारिस उपसमिति विस्तार ।
३. पार्टी समायोजन उपसमिति विस्तार ।
४. केन्द्रीय समिति विस्तार ।
५. निर्वाचन परिचालन समिति गठन ।
६. समानुपातिक उम्मेदवारको परिचालन कार्यविधि ।
७. निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि ।
८. प्रदेश स्तरीय बृहत् पार्टी प्रवेश कार्यक्रम ।
९. जिल्ला स्तरीय पार्टी प्रवेश कार्यक्रम ।
१०. स्थानीय तह उम्मेदवार क्लब गठन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?