गोंगबुबाट लागुऔषधसहित दुई जना पक्राउ

लोकपथ
119
Shares

काठमाडौं । प्रहरीले गए राति टोखा नगरपालिका–९ गोंगबुस्थित दीपसागर होटलबाट लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का २६ वर्षीय महेन्द्र तामाङ र बागलुङको ढोरपाटन नगरपालिकाकी २२ वर्षीया निरूता अदेही मगरलाई ६ ग्राम ४४० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले सो होटलको ५१५ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी नियन्त्रणमा लिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

यसैबिच देशका विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ परेको प्रहरीले जनाएको छ । झापा, दाङ, सुनसरी, मोरङ, रुपन्देही, सिराहा, कैलालीलगायत जिल्लाबाट उनीहरू पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?